जुम्लामा विद्युतको पावर हाउस भत्किँदा एकै घरका तीन जनाको मृत्यु

जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युतको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो । घटना गएराति साढे २ बजेतिर भएको हो । 

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।  हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो ।  

प्रहरी चौकी बड्किका अनुसार राति बत्ती किन गयो भनेर हेर्न जादा एकासि घर भासिएको  थियो । उनीहरू तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए । 

प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी राति नै घटनास्थलमा पुगेको थियो ।  





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ७:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया