कोरोनाबाट मोरङ कारागारका एक कैदीको मृत्यु, कारागारमा संक्रमण फैलियो

विराटनगरस्थित मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपाल रहेका छन् । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २५ साउन २०७६ देखि कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका नेपाललाई ज्वरो आएपछि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । 

१०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार भइरहेकोमा उपचारका क्रममा दिउँसो साढे १ बजेतिर मृत्यु भएको प्रहरी जनाएको छ । मृतकमा कोरोना पोजेटिभ देखिएको छ । मृतकको शव परिवारका सदस्यले बुझेर लगिसकेको प्रहरीले जनाएको छ । 

मृतक नेपालसहित अस्पतालमा भर्ना भएका सोही कारागारका १६ कैदीबन्दीहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । 

बिरामी परेका कैदीहरूको कोसी अस्पतालमा शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको थियो । कारागार प्रशासनले अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेको थियो । 

बिरामी भएर अस्पताल भर्ना भएकामध्ये १६ जनाको एन्टिजेन पोजेटिभ र २ जनाको नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १२:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया