बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड

बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड पुगेको छ । प्रदेश सरकारको बितेको आर्थिक वर्ष सम्मको बेरुजु रकम २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । प्रदेश सरकारको बितेको आर्थिक वर्षमा मात्र एक अर्ब ९ करोड ४४ लाख १० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

बितेको आर्थिक वर्षमा विभिन्न मन्त्रालय र मातहतका कार्यालयहरूमा बडी बेरुजु देखा परेको हो । धेरै बेरुजु रहेका मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ जसको ६८ करोड २१ लख ६६ हजार रहेको छ ।

 त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको बेरुजु खर्च , सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मातहतका कार्यालयहरू रहेका छन् ।   





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १२:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया