पुष्प खड्काको ‘कृष्ण–लीला’को ट्रेलर सार्वजनिक

फिल्म ‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, सस्पेन्स र सेन्टिमेन्ट्सको समीश्रण देखिन्छ ।  

दीपक ओलीको निर्देशनमा बनेको फिल्म ३ भदौदेखि देशव्यापी प्रदर्शनमा उत्रिँदैछ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् । 

कृष्ण जन्माष्टमीको दिनमा दर्शकमाझ आउने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । रंगपत्रकार लक्ष्मण सुवेदी लिखित फिल्म पूर्वी नेपालको पाँचथर,इलाम,झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । 

शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ ।





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १८:३७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया