दर्शकसँग सम्झना बिर्सना हेरेपछि के भने आकाश र पूजाले ?

नेपाली फिल्म सम्झना बिर्सना देशभरका हलमा प्रदर्शनमा आएको छ । फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । 

चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका छ । त्यस्तै निमेश प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ । 

फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन् । दार्जिलिङ, सिक्किम र नेपालको जीवनको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी छ । 

फिल्म हलहरूमा प्रदर्शन भएको दोस्रो दिन शनिवार दर्शक र फ्यानसँग फिल्म हेरिसकेपछि नायक श्रेष्ठले फिल्म समग्रमा राम्रो भएको प्रतिक्रिया दर्शकबाट आएको बताए । उनले हलमा आएर दर्शकसँगै बसेर फिल्म हेर्दा धेरै खुशी लागेको बताए । 

त्यस्तै, नायिका शर्माले फिल्म राम्रो भएको प्रतिक्रिया दर्शकले दिइरहेको बताइन् । उनले आफूले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको बताइन् । 

आकाश–पूजाको जोडीको बारेमा सोध्दा दुवैले 'फिल्म राम्रो' भएको भन्दै कुरा टारे । शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् । 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १४:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया