सभापतिलाई गगनको चेतावनी : पाखा लगाउने र घेराबन्दी गरिए चुप लागेर बस्दैनौँ
'हामी पार्टी बलियो बनाउन कस्सिएर लागौँ, सभापतिले बेवास्ता गर्नुभयो'
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले पार्टीलाई बलियो बनाउन कस्सिएर लाग्दा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको आरोप लगाएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले सभापतिले आफूहरूसँग सामान्य सरसल्लाहसमेत नगरी निर्णय गरेको बताएका हुन् । 

पार्टी सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न नसकेको तर दोष आफूहरूमाथि लगाएको भन्दै उनले असन्तुष्टि पोखेका थिए । आफूहरूलाई अझै पनि पाखा लगाउने र घेराबन्दी गरिए चुप लागेर नबस्ने उनको भनाइ छ ।

'अझै पनि भित्तामा पुर्‍याउने, घेराबन्दी गर्ने हो भने ख्याल गर्नुहोस्, महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ, त्यतिकै बस्दैनौँ' उनले भने । 

उनले आफूहरूले सल्लाह र परामर्श दिँदादिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न नसकेको बताए । उनले शेखर कोइरालाको भेलाबारे उठेको प्रश्‍नको पनि जवाफ दिएका थिए । उनले पहिलेदेखि नै जाने अभ्यास रहेकाले गएको भन्दै विवाद गर्नुपर्ने कुनै कारण नभएको बताए ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २०:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया