गगनको प्रश्न : केपी ओलीको दम्भले नेकपा फुट्यो, कांग्रेसलाई पनि सोही बाटोमा लैजाने हो ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीको दम्भले नेकपा फुटेको र कांग्रेस पनि सोही बाटोमा जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका हुन् । सरकारको कार्यशैली हेर्दा आफ्नै पार्टीको सरकारको बचाउ गर्न सक्ने अवस्था नरहेको उनले बताए । 

सरकारले गरिरहेका कामको जानकारी समाचार र ट्विटरबाट थाहा पाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे। उनले भने, ‘आज सरकार कसरी चलेको छ, देखिरहेका छौँ। अझै कति रक्षा गर्ने सरकारको ? हामीलाई हिजो हामीले उठाएको प्रश्नले लखेट्छ। त्यसको प्रतिरक्षा गर्न सकिँदैन।’

पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको भनाइ छ। ‘सभापति खुसी बनाउन गरिएको कुराले पार्टी र सभापतिलाई फाइदा हुँदैन। सरकारको कामले मत पाउँछौँ,’ महामन्त्री थापाले भने।

आफूहरुले हिजो केपीलाई सरकार कसरी चलाउनुपर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरे।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २०:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया