टिकटकका सुरक्षा प्रमुखले दिए राजीनामा

टिकटकका सेक्युरिटी चिफ (सुरक्षा प्रमुख) रोलान्ड क्लउटियरले राजीनामा दिएका छन् । आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने गरी रोलान्डले आफ्नो पदबाट राजीनामा दिएका हुन् । 

अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षासम्बन्धी विवाद चलिरहँदा उनले राजीनामा दिएका हुन् । उनको स्थानमा किम अल्बारेलाले काम गर्ने कम्पनीले जनाएको छ ।

अमेरिकाले टिकटकमा प्रयोगकर्ताको डेटा सुरक्षित नभएको आरोप लगाएको छ । टिकटकको अभिभावक कम्पनी बाइटडान्सले अमेरिकी अधिकारीहरूबाट बढ्दो छानबिनको सामना गरिरहेको छ ।
 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २१:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया