सौन्दर्यकला व्यवसायलाई पाठ्यक्रममा राख्न माग

सौन्दर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौन्दर्यसम्बन्धी विषयलाई विद्यालय तहमा अध्ययन अध्यापनका लागि पाठ्यक्रममा राख्नुपर्ने बताएकी छन् । 

सौन्दर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको १५औँ वार्षिक साधारणसभा तथा पाँंचौँ  अधिवेशनको उद्घाटन गर्दै उनले अहिले जति राखिएको छ, पाठ्यक्रममा त्यसलाई अझ बढाउँंदै लानुपर्नेमा जोड दिइन् ।

४२ वर्षअगाडि आफूले सौदर्यकलाको व्यवसाय सुरु गर्दाको इतिहास सम्झँदै उनले अहिले यो व्यवसाय अझ बढी झाँगिँदै गएकोमा सन्तोष व्यक्त गरिन् । उनका अनुसार यो व्यवसाय अहिले बढेर ७० जिल्लामा पुगेको छ । साथै यसबाट लाखौँजना महिलाले रोजगारी पाइरहेका छन् । 

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले समयअनुसार सौन्दर्यकला व्यवसायलाई पनि अगाडि बढाउनुपर्ने बताए । समय अनुसार यो व्यवसायलाई पनि परिमार्जन गर्दै अगाडि बढ्न सके सफलता मिल्ने उनको विश्वास थियो । उनले अब हरेक महिलाले कुनै न कुनै व्यवसाय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए । 

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले व्यवसाय गर्दा सरकारले निर्धारण गरेका नियम कानुनको पूर्ण पालना गरी सरकारी सहुलियतलाई सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा संघकी अध्यक्ष समिता ध्वजू श्रेष्ठले संस्था जन्माउन जति गाह्रो छ, त्योभन्दा हुर्काउन उति नै गाह्रो हुने अनुभव सुनाइन् ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २१:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया