वामपन्थी दल एकअर्कालाई सिध्याउने नाममा आफैँ सिद्धिँदै छौँ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधिनताको रक्षा हुने बताएका छन् ।

नेपाल–चीन हिमालयमैत्री समाजले आयोजना गरेको नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले वाम एकताका लागि सबैले पहल गर्नुपर्ने पनि बताए ।

नेता श्रेष्ठले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड दिए । ‘हामी वामपन्थी दल एकले अर्कालाई सिध्याउने नाममा आफैँ सिद्धिँदै छौँ,’ उनले भने, ‘वामपन्थी आन्दोलन सकियो भने मुलुक कमजोर हुन्छ ।’

नेता श्रेष्ठले मुलुकको असंलग्न परराष्ट्र नीति, कूटनीतिक मामिलामा सबै दलको एक नीति हुनुपर्नेमा जोड दिए । ‘परराष्ट्र नीतिमा दलबीच सहमति कायम गर्न सक्यो भने कसैले पनि कमजोर पार्न सक्दैन,’ उनले भने । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूराजनीतिक अवस्थाले नेपालको उपस्थिति कमजोर हुँदै गएको बताउँदै परराष्ट्र नीतिमा सबै दल एक मत हुनुपर्ने बताए । 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै दल मिलेर परराष्ट्र नीति साझा बनाउनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले छिमेकीसँगको सम्बन्ध पहिले जस्तै हुनुपर्ने भन्दै परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने बताए ।   





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ७:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया