नेपाल टेलिकमको सेवा दस्तुर तीन प्रतिशत घट्यो

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा आज आइतबारदेखि  नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुने गरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो ।

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटिटीएच लगायतका सेवाको महसुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ। 

यसै गरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइएको सह प्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १०:३७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया