बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं महानगरपालिका–१६ बालाजुमा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । 

गएराति बा.५ ख २८७२ नम्बरको बसले बा.७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रोमन थापामगर गम्भीर घाइते भएका थिए । 

नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १२:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया