सौन्दर्य कला व्यवसायी संघ भक्तपुरमा समिता ध्वजू

सौन्दर्य कला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको अध्यक्षमा समिता ध्वजू चुनिएकी छन् । संघकाे १५ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट ध्वजूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

समितिको उपाध्यक्षमा रेश्मा प्रधान, सचिवमा अनिता व्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना र सह कोषाध्यक्षमा अस्मिता श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरूमा चण्डिका ज्यापू, नरेश कारञ्जित, अनिता त्वाायना, शुभद्रा थापा, शर्मिला दुमरु, दीपा ध्वजू र शान्ति सुवेदी चुनिएका छन् । समितिको सल्लाहकारमा मोहनप्रसाद प्रजापति छन् । 

यसअघि साधारण सभाको उद्घाटन सौन्दर्य कला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले गरेकी थिइन् । त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले सौन्दर्य कलाका विविध विषयमा चर्चा गरेका थिए ।   





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १५:५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया