कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा पक्राउ परेका छन् । गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रूपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुसको रकमसहित आइतबार पक्राउ परेका हुन् ।
बुढा बिउबिजन सामग्रीको रकम भुक्तानीबापत ३० हजार कमिसन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।
जिल्लाको घोडाघोडी नगरपालिका-१ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।