अख्तियारमा सबैभन्दा बढी उजुरी कसरी पुग्छ ?

आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन् । 

हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौँको संख्यामा उजुरी पर्ने गर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? 

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए । 

दोस्रो ठूलो उजुरीको स्रोत हुलाक सेवा (चिठी) हो । गत वर्ष हुलाक सेवा मार्फत अख्तियारमा भ्रष्टाचार सम्बन्धी २ हजार ७६० वटा उजुरी परेका थिए । 

तेस्रो ठूलो उजुरीको स्रोत हो– इमेल । इमेल मार्फत आर्थिक वर्ष २०७८/७९ मा २ हजार ७५७ वटा उजुरी परेका छन् । 

प्रवक्ता भण्डारीका अनुसार गत आर्थिक वर्ष समाचार पत्रहरूबाट २९०, फेसबुकमार्फत ९३, भाइवरबाट १५, आयोगको वेबसाइटबाट २ हजार १६५, मोबाइल एसएमएसबाट ४, टेलिफोनबाट ७५०, मोबाइल एपबाट १०२ र अन्य स्रोतबाट २ हजार ७१७ वटा उजुरी परेका थिए ।  





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १२:७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया