एन्फा अध्यक्ष नेम्वाङ अस्वस्थ, आजको कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ अस्वस्थ भएपछि आज बोलाइएको बैठक स्थगित गरिएको हो ।

एन्फाले ब्लड प्रेसर बढेको र मुटुको समस्या देखिएपछि अध्यक्ष नेम्वाङलाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको बताएको छ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सोमबार कार्यसमिति बैठक बोलाएको थियो । 

आजको बैठकमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिपको विषयमा छलफल हुने कार्यसूची थियो ।   





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १३:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया