तारकेश्वरमा कार र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा मोटरसाईकल चालक  नुवाकोटका २२ वर्षीय अनमोल डंगोल र पछाडी सवार तनहुँका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् । घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । 

गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

दुवै सवारी साधन र कार चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १०:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया