माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे बर्दिवास नगर कार्यपालिका बैठक बहिष्कार

विधि–विधानअनुसार बर्दिबास नगर कार्यपालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको भनाइ छ ।

‘बैठकलाई व्यवस्थित र कार्यविधिमा रहेर सञ्चालन गर्न अनुरोध गर्यौं । तर, उहाँहरूले नमानेपछि हामी बैठकबाट निस्क्यौँ,’ वडाध्यक्ष सम्सेर सिंहले भने । बैठकमा भएका निर्णय सकेसम्म सर्वसम्मत गर्नुपर्ने नत्र ५१ प्रतिशत बहुमत पुर्‍याएर पारित गर्नुपर्ने कार्यविधि भए पनि नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले जबर्जस्ती गर्न खोजेको जनप्रतिनिधिहरूको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृतले पहिल्यै माइनट तयार गरेर हस्ताक्षर गराउने र निर्णयहरू सर्वसम्मत भएको भन्दै सार्वजनिक गर्ने परिपाटीले जनतामा नराम्रो छाप परिरहेको बताउँदै बैठकलाई व्यवस्थित नबनाए बहिष्कार जारी रहने उनीहरूको भनाइ छ ।

नेपाली काङ्ग्रेसबाट बागी उम्मेदवार दिएर निर्वाचित भएका नगरप्रमुख प्रह्लाद क्षेत्रीकै अहिले कार्यपालिकामा बहुमत छ ।  





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १३:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया