६ अर्बको लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न अपार्टमेन्ट बन्दै

काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न अपार्टमेन्ट बन्ने भएको छ ।

सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले अपार्टमेण्ट निर्माण गर्न लागेको कर्मा रेसिडेन्सी निर्माण टिमले जनाएको छ । व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्ट अबको ३ वर्षमा पूरा काम सकिनेछ । 

कार्यक्रममा बोल्दै व्यवसायी तेन्जिङले सुरक्षा र बलियो भवनको पर्याय बन्ने गरेर अपार्टमेन्ट बनाउने बताए । उनले २०१५ को भूकम्पपछि भूकम्प प्रतिरोधि भवनको पहिलो भवन भएको बताए । २.५ बीकेएच र ३.५ बीकेएच अपार्टमेन्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ । 

उनले अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि रहने बताए । उनले भवन निर्माण सकिँदासम्म ६ अर्ब रुपैयाँ लागत पुग्नसक्ने सुनाए । 

त्यस्तै, निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाका अनुसार करिव १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओगट्ने छ । नियमअनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनको भनाइ छ । आरामदायी जीवनयापन गर्न सम्पूर्ण भौतिक सुविधाले अपार्टमेन्ट सम्पन्न हुने उनले बताए 

अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने कर्माको योजना छ । अपार्टमेन्ट तीन वटा बिल्डिङमा हुनेछ । प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ हुनेछ भने बाँकी १२ तलामा अपार्टमेन्ट र एक तलामा अन्य सुविधा गरी १५ तलाको हुनेछ । भवनमा १६२ वटा अपार्टमेन्ट हुनेछन् ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १३:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया