सवारी कारबाहीबाट मकवानपुर ट्राफिकले उठायो दुई करोडभन्दा बढी राजस्व

मकवानपुरमा गत आर्थिक वर्ष २०७८/०७९ मा सवारी साधन कारबाहीबाट दुई करोडभन्दा बढी राजस्व संकलन भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो ।

प्रहरीले गत आर्थिक वर्ष ३० हजार ३२७ वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाहीमा परेका सवारी साधनबाट जरिवानावापत गत आर्थिक वर्षको साउन महिनामा १७ लाख ५८ हजार रुपैयाँ संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । 

गत आर्थिक वर्षको भदौमा १७ लाख ५८ हजार रुपैयाँ, असोजमा २४ लाख ३१ हजार र कार्तिकमा ३३ लाख ८२ हजार रुपैयाँ जरिवानाबापतको राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

यस्तै, मंसिरमा १७ लाख ७१ हजार ५ सय, पुसमा १८ लाख ५१ हजार ५ सय, माघमा १९ लाख ४१ हजार ५ सय, फागुनमा १६ लाख ८० हजार, चैतमा १५ लाख १८ हजार ५ सय, बैशाखमा १४ लाख ६१ हजार ५ सय, जेठमा १७ लाख ६० हजार ५ सय र असारमा २६ लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको हो ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १४:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया