९७ वर्षमा पनि किन आफैं गाडी चलाउँछन् बेलायती राजकुमार ?
९७ वर्षका बेलायती राजकुमार आफैं गाडी चलाउँछन् ।

एजेन्सी– केही दिनअघि बेलायती मात्र होइन, नेपाली मिडियामा पनि एउटा समाचार आयो– बेलायती राजकुमारले चलाएको गाडी दुर्घटनामा । बेलायती राजकुमार फिलिपले चलाएको गाडीले अर्को गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटना हुनुलाई स्वाभाविक रुपमा लिए पनि अहिले बेलायतमा सबैभन्दा चर्को प्रश्न उब्जिएको छ– राजकुमार फिलिप किन आफैं गाडी चलाउँछन् ? अझ आश्चर्य त के भने उनी ९७ वर्षका भइसके, उनी अहिले पनि आफ्नो गाडी आफैं चलाउँछन्  । 

केही दिनअघि भएको दुर्घटनाबाट राजकुमार फिलिप डराएको र आत्तिएको त्यहाँका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमले लेखेका छन् । त्यो दुर्घटनामा अर्को गाडीमा सवार व्यक्तिहरुलाई केही नभएकाले यो ठूलो चर्चाको विषय भने बनेन । तर, राजपरिवारका सबै सुविधा उपभोग गर्न पाउने फिलिप किन आफैं गाडी चलाउँछन् त ?

सन् २०१३ मा फिलिपले आफैं गाडी चलाएर ओबामालाई पिक अप गरेका थिए ।

त्यसो त फिलिपले आफैं गाडी चलाएको यो पहिलो पटक होइन । सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विमानस्थलमा पिक अप गर्न फिलिप आफैं गाडी चलाएर गएका थिए । त्यसो त बेलायती राजपरिवारमा फिलिप मात्र एक सदस्य होइनन्, जो आफ्नो गाडी आफैं चलाउँछन् । अर्का राजकुमार विलियम त कहिलेकांही आफैं मोटरसाइकलमा पनि हिँड्छन् । उनले सन् २०१३ मा छोरालाई अस्पतालबाट घर लैजाँदा आफैं गाडी चलाएका थिए ।

त्यतिबेला सिएनएनसँग कुरा गर्दै विलियमले भनेका थिए, ‘कहिलेकांही आफैं गर्न सकिँदैन, सिस्टमले हामीलाई आफूलाई मन लागेको काम पनि गर्न दिँदैन । तर, आफ्नो छोरा वा श्रीमतीलाई आफैंले घर लैजानुमा कुनै अनर्थ हुँदैन, कुनै अप्ठ्यारो हुँदैन । यो स्वाभाविक हो ।’



तर, ९७ वर्षसम्म स्वतन्त्रता तथा आफ्नो जीवन भन्नकै लागि गाडी चलाउन नहुने तर्क पनि बेलायतवासीले गर्न थालेका छन् ।

बिहिबार फिलिपले चलाएकाे गाडी दुर्घटनामा परेकाे थियाे ।



  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार ०:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया