एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।एन्फाले मंगलबार सूचना निकाल्दै बैठक बिहीबार बस्ने जनाएको हो । 

एन्फा कप्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान सात बजे सुरु हुनेछ । यसअघि सोमबारका लागि  बैठक बोलाइए पनि एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ बिरामी भएपछि स्थगित गरिएको थियो ।

बैठकमा विभिन्न १२ बुँदामा छलफलमा हुने बताइएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल)देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा छन् ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १७:५६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया