डेढ लाख डलर पुरस्कार राशिको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को घोषणा

इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को घोषणा भएको छ । मंगलबार फाउण्डेसनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सोको घोषणा गरेको हो । 

दुवै सोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने भएका छन् । त्यसैगरी, फस्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो सो आयोजना गरिनेछ । 

सोमा सहभागी हुने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउण्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगष्ट महिनादेखि सुरु हुने अडिसन ३१ डिसेम्बर २०२२ सम्म खुल्ला रहनेछ । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । 

नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ । फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेसनले जनाएको छ । 

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार किरण केसीले अमेरिकामा बसेर नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्न खोज्नु नै ठूलो कुरा भएको बताए । उनले नेपाली भाषा, संस्कृतिको रक्षा गर्ने कुरामा सबै कलाकारहरु एकजुट भएर लाग्नुपर्ने बताए । 

त्यस्तै, कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार नीर शाहले यो कार्यक्रम नेपाली कलाकार्यमा स्वर्ण अक्षरमा लेखिने बताए । कलाकारहरुले नेपाल र नेपालीको स्वाभिमान, आत्मसम्मान र नेपालसँग जोडिएका सत्यलाई सधैँ जीवित राख्ने काम गर्नुपर्ने उनले बताए । 



त्यस्तै, कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रम नाफा कमाउन नभई विश्वभर छरिएका नेपालीलाई एक ठाउँमा ल्याउन आयोजना गरिएको बताए । नेपाली कला र संस्कृतिलाई जोगाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा कलाकार नीर शाह, भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, प्रियंका कार्कीलाई सम्मान गरिएको थियो । इन्ट्रा फाउण्डेसनले अहिले ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए’ आयोजना गरिरहेको छ ।
 



  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १८:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया