सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ : सांसद गुरुङ

सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबारभित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबारभित्र सार्न माग गरेकी हुन् । 

‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितीका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबारभित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन् । 

सैनिक विशेष अदालतको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिबीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन् ।  

सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरूको व्यस्तताका कारण इजलास बस्न नसकेको उनले बताइन् । 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १२:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया