पर्यटन उद्योगलाई सुधार गर्न छिट्टै पुनरउत्थान कार्यक्रम घोषणा गर्दैछौँ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरउत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायसँग पर्यटन पुनः उत्थानको लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताए । उनले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र पर्यटन प्रवद्र्धन हुने दाबी गरे ।

‘अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइमा समेत पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास कसरी गर्ने र पर्यटन क्षेत्रलाई ग्रिण पर्यटनमा परिर्वतन गरी ग्रिण फाइनान्सिङको माध्यमबाट वातावरणको संरक्षण गर्दै पर्यटनको माध्यमबाट बढीभन्दा बढी आयआर्जन गरी अधिक रोजगारीको सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा पर्यटन मन्त्रालय गम्भिर रहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘कोभिड महामारीको कारण पर्यटन क्षेत्रमा आएको शिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्‍याएको छ । आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको रेजिलेन्ट आधार स्तम्भको रुपमा विकास गरी यसको जगमा पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक छ ।’

उनले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताए । ‘भारत, चीन, बङ्गलादेशलगायतका छिमेकी देशहरुबाट आउने पर्यटकको प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक छ । भारत र बङ्गलादेश आर्थिक सम्पन्नतामा अगाडि बढेका सार्क देशहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम् क्रस बोर्डर पर्यटनको लागि समेत अधिक प्रयास हुन जरुरी छ,’ मन्त्री श्रेष्ठले भने, ‘कोरोनाबाट थला परेको पर्यटन पुनरुत्थानको लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलपछि तयार गरेको पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा छौं । जसले पर्यटन क्षेत्रको सुधार र पुनरुत्थानमा उल्लेखनीय भुमिका खेल्ने छ । यसलाई एउटा राष्ट्रिय अभियानको रूपमा नै पर्यटन पुनरुत्थान कार्यक्रम अगाडि बढाउनुपर्छ भन्ने मान्यतालाई राखेको छु ।’ 

उनले अर्थतन्त्रमा आइपरेको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढी आयआर्जन गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको पनि बताए । उनले कोभिड महामारीको कारण पर्यटन क्षेत्रमा आएको शिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्‍याएको बताए । 

मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रूपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १३:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया