गजेन्द्र महतोको व्यंग्य : अब एम अधिकारीलाई थर मिल्नेहरूले खोज्नुपर्‍यो

नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसी क्यामेरा खोज्दै हिँडेको टिप्पणी गरेका हुन् ।

सांसद महतले एम अधिकारीको खोजी सरकार र प्रतिपक्षले नगरेकाले अधिकारी थर हुनेहरूले नै खोजी थाल्नुपर्ने व्यंग्य गरे । ‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघरतिर । यहाँ सबैभन्दा ठूलो पार्टीको एउटा महत्वपूर्ण विभागको एउटा केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी न सरकार गर्छ । न प्रतिपक्ष गर्छ, मैले अनौठो मानिरहेको छु । सरकार विद्यार्थीको जिम्मा लगाइदिएको छ त्यो खोजी गर्ने । प्रतिपक्ष आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सिसी क्यामेरा खोज्दै हिँडेको छ,’ महतले भने ।

उनले अगाडि भने, ‘सिसी क्यामेरा खोज्ने एउटा समिति बनिसकेको छ, त्यत्रो महत्वपूर्ण मान्छे हराएको छ त्यो खोज्ने कुनै समिति बनेकै छैन अहिलेसम्म । यो कसले खोजिदिने? एम अधिकारी हराएको हुनाले त्यो थरका मान्छेहरूले सरकारले, प्रतिपक्षले नखोजे पनि एम अधिकारी खोज्नुपर्‍यो । अरू कसलाई भनौँ म?’





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १३:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया