नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १२ उपसमिति गठन

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमिति गठन गरिएको छ । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गरेकका हुन् । 

सार्वजनिक भएका १४ समितिमध्येमा १२ समितिमा संयोजक र सचिवको टुंगो लागेको छ भने दुई उपसमितिका संयोजक र सचिव तोक्न बाँकी रहेको घिसिङले बताए । सार्वजनिक उपसमिति अन्तर्गत समारोह समितिमा राखेपका सदस्य एकेन्द्र बहादुर कुँवरलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवको जिम्मा राखेपका प्रशासकिय अधिकृत शारंगिन निरौलालाई तोकिएको छ । 

यस्तै, प्राविधिक उपसमितिमा हिमालराज दाहाललाई संयोजक तोकिँदा प्रचण्ड शर्मा सचिव रहेका छन् । खेलस्थल व्यवस्थापन उपसमितिमा राजेश गुरुङलाई संयोजकको जिम्मा दिँदा कृष्णप्रसाद तिमिल्सिनालाई सचिवको जिम्मेवारी दिइएको छ । 

अनुशासन उपसमितिमा पेमा लामा संयोजक हुनुहुन्छ भने नारायणराज अर्याल उपसमितिको सचिव रहेका छन् । बसोवास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ । 

यस्तै, स्वास्थ उपसमितिमा डा. बुलन्द थापा संयोजक छन् भने सचिवमा ज्ञानेन्द्रविक्रम शाहलाई तोकिएको छ । यातायात व्यवस्था उपसमितिमा राखेप सदस्य प्रकाश कुसारीलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवमा देवराज कटुवाल रहेका छन् । 



यस्तै, प्रचार–प्रसार उपसमितिमा संयोजकको जिम्मा दीपेन्द्र विष्टलाई प्रदान गरिँदा सचिव खुसराज दाहाल रहेका छन् । खेल सामग्री तथा पोसाक व्यवस्थापन उपसमितिमा संयोजक अञ्जन धमला छन् भने सचिवमा आपूर्ति तथा भण्डार शाखाका सुजन खतिवडा छन् । 

यस्तै, स्रोत परिचालन उपसमितिमा सूर्य भण्डारीलाई संयोजक तोकिएको छ भने सरोजकुमार पोख्रेल सचिव चुनिएका छन् । स्वयंसेवक उपसमितिमा जनक बर्तौला छन् भने लीलाराम बस्नेत सचिव छन् । एन्टिडोपिङ उपसमितिमा नमिसमान प्रधानलाई संयोजक तोकिएको छ भने सचिव दोबे तामाङ छन् । 



बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसाशन उपसमितिको टुंगो लाग्न बाँकी छ । दुई उपसमितिको टुंगोे आगामी बैठकपछि निर्धारण हुनेछ ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ । सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टिमले ३६ खेलमा प्रतिस्पर्धा गर्ने प्रतियोगितामा पौडी र सुटिङको प्रतिस्पर्धा काठमाडौंमा हुने सम्भावना रहेको प्रतियोगिताका संयोजक टंकलाल घिसिङले बताए । यस्तै, हक्की र रग्बीको टुंगो खेलस्थलको निरीक्षणपश्चात् हुनेछ ।
 

  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १८:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया