सुर्खेतबाट पनि श्रम स्वीकृति

काठमाडौं– वैदेशिक रोजगारमा जान इच्छुकले अब कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटै श्रम स्वीकृति पाउने भएका छन् । प्रदेशको राजधानी सुर्खेतमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने योजना अनुरुप सरकारले यस अघि नै बुटवल र जनकपुरबाट पनि श्रम स्वीकृति दिन सुरु गरेको छ ।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन सुरु गरेको छ । 

त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।
 
 





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १०:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया