एन्फा कार्यसमिति बैठक बस्दै, विभिन्न १२ एजेण्डामाथि छलफल हुने

पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रोपटक आज कार्यसमिति बैठक बस्दैछ । 

बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ७ बजेका लागि बोलाइएको छ । गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।

बैठकमा विविधसहित १२ बुँदामा एजेण्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेण्डा रहेको छ ।

पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका पंकज आज निकै दबाबमा पर्न सक्छन् । 

तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ ।   





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ६:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया