नेपालको पासपोर्ट विश्वकै कमजोर, जम्मा सात देशभन्दा अघि

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औँ स्थानमा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औँ नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् । 

हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढी अनआराइभल भिसा पाउँछ सोही पासपोर्टलाई सबैभन्दा शक्तिशाली मानिने गरेको छ । 

यसैलाई आधार बनाएर हेन्ली एण्ड पार्टनर्सले हालै ‘पासपोर्ट इन्डेक्स २०२२’ सार्वजनिक गरेको हो । ३८ देशले अनअराइभल भिसा दिने नेपाली पासपोर्टलाई सूचीमा १०६औ नम्बरमा राखिएको छ । 

सूचीको पहिलो नम्बरमा जापान रहेको छ । जापानी पासपोर्ट वाहकलाई विश्वका १९३ देशले अनअराइभल भिसा दिने गरेका छन् । दोस्रो नम्बरमा सिंगापुर र दक्षिण कोरिया रहेका छन् । दुवै देशका पासपोर्ट वाहकलाई विश्वका १९२ देशले अनअराइभल भिसा दिने गरेका छन् । 

सूचीको तेस्रोमा नम्बरमा जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली र लक्जेमवर्ग रहेका छन् भने पाँचौं स्थानमा अष्ट्रिया, डेनमार्क, नेदरल्याण्ड्स र स्वीडेन छन् । विश्वको सबैभन्दा कम शक्तिशाली पासपोर्ट अफगानिस्तानको रहेको छ । अफगानिस्तानको पासपोर्ट वाहकलाई विश्वका मात्र २७ देशले अनअराइभल भिसा दिने गरेका छन् । 

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालपछि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन् । दक्षिण एसियामा नेपाली पासपोर्टभन्दा माल्दिभ्स, भुटान, बंगलादेश, भारत र श्रीलंकाको पासपोर्ट बढी शक्तिशाली देखिएको छ । 



हेन्ली एण्ड पार्टनर्सको सन् २०२१ को सूचिमा नेपाल ११०औँ नम्बरमा रहेको थियो र नेपालपछि सात देश रहेका थिए । 



  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १०:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया