एजेण्डामा प्रवेश नगरी एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । 

दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको थियो । 

ढिलो गरी सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । पहिलोपटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो ।

यसअघि गत सोमबारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ  अचानक बिरामी परेपछि स्थगित भएको थियो । निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचीत परेको नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि  छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो ।
 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ११:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया