भारतीय राष्ट्रपति निर्वाचन : मुर्मूले पाइन् ५७७७७७ मत, सिन्हाको कति ?

एनडिए गठबन्धनबाट उम्मेदवार बनेर भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूले प्रतिस्पर्धी यशवन्त सिन्हालाई भारी मतले पराजित गरेकी छिन् । 

मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ मत प्राप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय राष्ट्रपतिमा निर्वाचित हुन ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट आवश्यक हुन्छ । भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्टोरल मतमध्ये द्रौपदीले आधाभन्दा बढी मत पाएकी हुन् । 

भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार २१:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया