प्रेम सुवालको प्रस्ताव - लिखित अन्तर्वार्तापछि मात्रै नागरिकता
फाइल तस्वीर

नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनुअघि अन्तर्वार्ता लिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीकातर्फबाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तर्वार्तापछि मात्रै जन्मको आधारमा नागरिकता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्षपछि र बेलायतमा ६ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने व्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तर्वार्ता दिनुपर्छ ।’ 

जारी बैठकमा सरकारले पेश गरेको नागरिकता विधेयकका बारेमा छलफल जारी छ ।





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १४:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया