यो साताका केही तस्बिरहरु
साउन महिनामा महिलाहरूले हातमा मेहन्दी लगाउने गरेका छन् । विशेष गरी अविवाहित किशोरीमा पनि साउन महिनामा हरियो र पहेँलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ।
साउन महिनामा महिलाहरूले हरियो पोते लगाउने गरेकोले बजारमा माग उच्च हुने गरेको व्यवसायी बताउँछन् । महिलाले हरियो पोते, चुरा, कपडा लगाएर प्रकृतिसँग नजिक भएको मानिने जनविश्वास बढ्दै गएको छ ।
गभर्नर महाप्रसाद अधिकारीविरुद्ध काठमाडौंको बालुवाटारमा प्रदर्शन हुँदा प्रहरी र विरोधकर्ताबिच केही बेर धकेलाधकेल भएको थियो । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा घेराउ तथा विरोध प्रदर्शन गरेका थिए ।
साउन महिनाको पहिलो सोमबार । पशुपतिसहितमा एक दर्शनार्थी महिला । सात्त्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा साउने सोमबार मनाइन्छ ।
पशुपति क्षेत्रमा भिख माग्नेहरू । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न निषेध गरेको भए पनि विभिन्न ठाउँमा भिख माग्नेको संख्यामा भने कमी आउन सकेको छैन ।
पछिल्लो समय निरन्तरको पानीले काठमाडौं उपत्यकाका सडक पनि जलमग्न हुने गरेका छन् ।
ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई विद्युतीय स्कुटर उपलब्ध गराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।