सञ्चारमाध्यमले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्नुपर्छ : गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन् । 

उनले संसदमा विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय हुनेभन्दा यसलाई छलफलमा भएका कुरालाई सही ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए । महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘सञ्चारमाध्यमले दिएको तथ्यको आधारमा नै नागरिकले मत बनाउने हो । हामी संसदमा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ । आजकै नागरिकता विधेयकपछि सञ्चारमाध्यममा आउने विषयको आधारमा भोलि नागरिकहरुले मत बनाउने हो । हामीले छलफल गर्ने आजका थुप्रै विषयमध्येको एउटा विषय विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय बन्छ । छलफलमा भएका विषयलाई सही ढंगले सम्प्रेषित गर्न सकेनौँ भने  धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागू गरेको छ भन्ने हुन्छ ।’

महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १५:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया