नेपाललाई टी–२० विश्वकप २०२४ मा छनोट हुन केही सहज
फाइल तस्वीर

सन् २०२४ को आइसिसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुन नेपाललाई केही सहज देखिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपालको छनोट हुने सम्भावना बढेको हो ।

वेस्ट इण्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२४ को विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने छन् । 

यस्तो रहनेछ छनोटको प्रक्रिया :

– आयोजकका रूपमा वेस्ट इण्डिज र अमेरिका छनोट सिधै भइसकेका छन् ।

– यसै वर्ष १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपका शीर्ष आठ टोली पनि विश्वकप २०२४ का लागि सोझै छनोट हुनेछन् ।



– यो विश्वकप सकिनासाथ नोभेम्बर १४ मा आइसिसीले जारी गर्ने वरीयताको नवौं र दशौं राष्ट्र । (यदी वेस्ट इन्डिज शीर्ष आठमा परेमा वरीयताको ११ औं स्थानको राष्ट्रले पनि अवसर पाउने छ )

त्यसबाहेक एसिया, अफ्रिका र युरोप छनोटबाट दुई/दुई तथा अमेरिकी र पूर्वी एसिया प्यासिफिक छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।



नेपालको वरीयता माध्यमबाट विश्वकपमा स्थान बनाउने सम्भावना ज्यादै न्यून छ । तसर्थ नेपालले एसिया छनोटबाट नै विश्वकपको बाटो तय गर्नुपर्ने हुन्छ ।

एसिया छनोटमा नेपालसहित आठ वा सात (युएई जो २०२२ को अस्ट्रेलिया विश्वकपमा सहभागी रहेको युएई शीर्ष आठमा नरहेमा तथा वरीयता क्रममा पनि पछि रहेमा मात्र यस प्रतियोगितामा सहभागिता जनाउने छ) टोलीले प्रतिस्पर्धा गर्नेछ ।  

यस प्रतियोगिताको शीर्ष दुई टोलीले २०२४ को विश्वकपमा स्थान बनाउने छन् ।

एसिया छनोटमा सहभागी रहने नेपालसहित पाँच राष्ट्रको टुङ्गो लागि सकेको छ । बाँकी दुई भने क्षेत्रीय छनोटबाट आउने छन् ।

गत फागुनमा ओमानमा भएको २०२२ विश्वकपको ग्लोबल छनोट ‘ए’ मा सहभागी नेपाल, ओमान तथा बहराइन छन् । त्यस्तै, हालै जिम्बावेमा भएको ग्लोबल छनोट ‘बी’ मा रहेका हङकङ र सिङ्गापुर छन् ।

सब रिजनल छनोटको समूह ‘ए’ र ‘बी’ मा ९ राष्ट्र रहेका छन् । समूहको शीर्ष दुई टोलीले एसिया छनोटमा स्थान बनाउने छन् ।

  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १६:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया