साउदी अरब जान ललितकुमार घर्तीले लिए सुर्खेतबाट पहिलो श्रम स्वीकृति

काठमाडौं– सुर्खेतबाट पहिलो श्रम स्वीकृति साउदी अरबका लागि ललितकुमार घर्तीले पाएका छन् । हेल्परका रुपमा साउदी अरब जान लागेका घर्तीको न्यूनतम पारिश्रमिक दुई हजार रियल तोकिएको छ । 

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रीत गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृति सेवा सुरु गरेको हो । 

कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट नयाँ तथा पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि २ नम्बर प्रदेशको जनकपुर, ५ नम्बर प्रदेशको बुटबल र गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति दिन सुरु गरिसकेको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १६:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया