सृजना,
खै कता
गएछ एउटा कविता
हिजो सम्म
यही मुटुछेउ सर्टको खल्टिमै थ्यो
रातमा तिमी निदाउँदा तिम्रो मुहार
हेर्दै कोरेको
एकै छिन अघिको खटपट
बिर्सेर फुरेको
मस्त दुख्दै हसेको कविता
सृजना
आज एका बिहानै
सबेरै कता गएछ
त्यो कविता
जस्ले तिम्रा आँखाको
गहिराई बोकेको थियो
तिमीले त्यी स–साना नानीलाई
पढाएको भाव बोकेको थियो
तिमीले गर्ने श्रृङ्गारको बिम्ब
तिम्रो शाहसको चुली
विद्रोह
समर्थन
बहस
दर्शन बोकेको थियो
सिर्जना,
तिम्रो उघ्रीदो बैँस देखेर
कविता आफै आफैले बोकेको हो
स्वच्छन्दताको वाद
हो तिमीलाई नै गरेको
मेलापात अनि गोठालोको भाका टिपेर
श्रृङ्गारिएको कविता
हो त्यही कविता जुन
तिमीले छातीभरि बोकी हिँड्ने
बैँसको माधक्ता बोकेको
तिम्रो प्रेम
लज्जा
मस्काई क्रोध
अनि प्रतिसोधमा घुमिरहेको
सृजना
तिम्रो केश अनि तिम्रो केशमा फेरिने प्रत्येक
फूलहरूसँग प्रीत लाएको
तिम्रा चिम्सा आँखा अनि
थेप्चो नाकभरी छरिएको
सुन्दा मस्त
बुझ्दा मस्त भाव बोकेको कविता
तिम्रो मुस्कान जस्तो
देशको आकार बोकेको
तिम्रा केश झैँ मस्त खुलेको
हिमाल बोकेको,
कविता
अह सृजना,
अह त्यो त हुँदै होइन
जहाँ तिम्रो नमो निशान छैन
तिम्रो सुन्दरताको थोरै भएनी
चर्चा परिचर्चा छैन
जहाँ तिम्रो सुन्दरता झैँ देश छैन
जस्तो तिमी बिना म
म बिना तिमी छैन
अझै भनुभने बुढाबिना सिर्जना
अनि
सिर्जनाबिना बुढा छैन
सिर्जना
त्यो कविता त
बस् !
तिम्रो मात्र तिम्रो
अनि तिम्रो र तिम्रो अंग अंगको
तिम्रै भाव भङ्गिको
बिम्ब प्रतीक अनि रुपकहरुको छन्
हो त्यही कविता
जुन मद्वारा स्यम
आफूले नै रचेको कविता
खै आज कता गयो ?
सुनन आज एउटा कविता हरायो।
- बुढा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।