समलिंगी प्रेम कथा ‘मिरा’ सार्वजनिक [सर्ट फिल्मसहित]

समलिंगी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा–दी टेल्स अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ । युट्युब च्यानल आश्वी फिल्म्सबाट सर्ट फिल्म रिलिज गरिएको हो । फिल्ममा दुई युवतीले प्रेम आफैँमा यस्तो सुन्दर शब्द छ, जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन छ ।

विजेश पौडेलको सम्पादन तथा कलर रहेको फिल्मको साउन्ड डिजाइन सन्जाल भण्डारीको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् । फिल्ममा अनितासँगै अर्नभी ढुंगाना, मौसम खड्का र अभिषेकको अभिनय रहेको छ । 





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १४:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया