आइसियुबाट निस्किनेबित्तिकै डा. केसीले भने– आफैँले गरेको सम्झौता कार्यान्वयन नगरेर ओलीले बेइमानी गरे

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राखी १६औँ पटकको आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको बताएका छन् ।

आइतबार त्रिवि शिक्षण अस्पतालको आइसियुबाट वार्डमा सरेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले भने, ‘१५औँ सत्याग्रहमा प्रधानमन्त्री ओली, जो नेकपा संसदीय दलका नेता पनि हुन्, उनीसँग सम्झौता भएको थियो । सम्झौता गरेपछि पालना गर्नुपर्ने हो । तर, ओलीजीको बेइमानी हो ।’

उनीहरुले नै डा. गोविन्द केसीको सबै माग सबै पूरा भयो भनेर जनतालाई भ्रममा पार्न कोसिस गरेको भन्दै उनले आपत्ति जनाए । यो आफ्नो र आफ्नो अभियानलाई मात्र नभई करोड नेपालीलाई धोका भएको उनको दाबी छ ।  

‘हामीसँग भएको सम्झौता अक्षरशः पालना गरे म तुरुन्तै अनशन तोड्छु,’ डा. केसीले भने, ‘सम्झौता पालना भए म किन अनशन बस्छु र ?’

सम्झौता कार्यान्वयनको माग गर्दै इलाम पुगेर १६औँ सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार २१:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया