‘लालसिंह चड्डा’ निर्माणको रोचक कथा, ‘फरेस्ट गम्प’को राइट्स लिन लागेको थियो ८ वर्ष

आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्ढा’को रिलिजका लागि दर्शक उत्सुकताका साथ पर्खिरहेका छन् ।

अद्वैत चन्दनद्वारा निर्देशित यो फिल्मबाट दिग्गज अभिनेता अतुल कुलकर्णीले फिल्म लेखकको रूपमा डेब्यु गर्दै छन् । तर, ‘लाल सिंह चड्डा’ बनाउनेबारेमा १४ वर्षअघि नै योजना बनाइएको कुरा धेरैलाई थाहा नहुन सक्छ ।

भारतीय सञ्चारमाध्‍यमका अनुसार अतुल कुलकर्णीले सन् २००८ मा फिल्म ‘जाने तू... या जाने ना’ को प्रिमियरका क्रममा आमिर खानलाई भेटेर उनीसँग फिल्मका बारेमा कुरा गरेको खुलासा गरेका छन् । त्यही बेला अतुललाई प्रेरणा मिलेर ‘लाल सिंह चड्डा’ लेख्ने विचार आएको थियो । यो संयोगको कुरा हो कि आमिर 'जाने तू... या जाने ना' को निर्माता थिए ।

सो कुराकानीका क्रममा आमिर र अतुलले एकअर्कालाई ‘फरेस्ट गम्प’ जस्ता उत्कृष्ट फिल्मबाट आफूहरू अति नै मोहित भएको बताए । छलफलका क्रममा उनीहरूले यो फिल्म धेरैभन्दा धेरै मानिसमा पुग्ने कुरामा सहमति जनाएका थिए । यही कुराकानीपछि अतुलले ‘लाल सिंह चड्डा’ लेख्ने निर्णय गरेका हुन् । किनभने उनी एक निर्दोष युवकको कथा सुनाउन चाहन्थे, जसले जीवन कसरी खुसीसाथ जिउने भन्ने कुरा पत्ता लगाएको होस् ।

यो फिल्म आफैँमा उत्कृष्ट कृति हो तर ‘लाल सिंह चड्डा’ को निर्माण पछाडिको यात्रा त्यति सजिलो थिएन । तपाईंलाई थाहा नहुन सक्छ 'लाल सिंह चड्ढा' हलिउडको 'फरेस्ट गम्प' को आधिकारिक रिमेक हो । ‘फरेस्ट गम्प’को अधिकार प्राप्त गर्न फिल्म निर्मातालाई करिब आठ वर्ष लाग्यो । यद्यपि, अतुल कुलकर्णी मौलिक स्क्रिप्टबाट हिन्दी फिल्म लेख्न पाउँदा खुसी र सम्मानित महसुस गरेको बताउँछन् ।

आमिर खान, करीना कपूर खान, नागा चैतन्य र मोना सिंह अभिनित लाल सिंह चड्डा अगस्ट ११ मा हलमा रिलिज हुने तयारीमा छ ।





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार २०:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया