विपक्षीसँग रिसाए ट्रम्प, अमेरिकी सटडाउन अझै लम्बिन सक्ने

एजेन्सी– आफूले सम्पूर्ण योजना राख्न नपाउँदै विपक्षीले आलोचना गरेको भन्दै अमेरिकी राष्ट्रपतिले विपक्षीप्रति रोष प्रकट गरेका छन् । ट्रम्पको योजना अमेरिकी संसद्मा विपक्षीले अस्वीकार गरिदिएका थिए । अमेरिकी इतिहासकै सबैभन्दा लामो सटडाउन अन्त्य गर्न ट्रम्पले ‘सम्झौता’सहितको प्रस्ताव ल्याएको दाबी गर्दै आएका थिए ।

ट्रम्पले मेक्सिको सीमामा लगाउने पर्खालको बजेटबारे विशेष योजना ल्याएका थिए । मेक्सिको सीमामा लगाउने पर्खालबारे विषयमा नै मतभिन्नता हुँदा अहिले अमेरिकामा ठूलो प्रभाव पारिरहेको छ ।

तर, ट्रम्पको यो प्रस्ताव अस्वीकार्य भएको भन्दै विपक्षीले आलोचना गरेका छन् । शनिबार ट्रम्पले मुख्य दुई कुरा राखेका थिए । पहिलो, ७ लाख बालबालिका, जो बाबुआमासँग अमेरिका छिर्दा सानै थिए, लाई आगामि तीन वर्षसम्म सुरक्षा दिने र दोस्रो, ३ लाख टेम्पोरेरी प्रोटेक्सन स्टाटस (टिपिएस) भिसा भएका व्यक्तिहरुलाई ३ वर्ष अमेरिकामा नै बसोबास गर्न दिने ।

उनको यो प्रस्ताव अस्वीकार गरेपछि माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्रम्पले निकै ठूलो आक्रोश पोखेका छन् । उनले विपक्षीहरुलाई आरोप लगाएका छन्, ‘उनीहरु केही देख्दैनन्, मात्र २०२० देख्छन् जुन उनीहरु जित्दै छैनन् ।’

यसका साथै अहिलेको सटडाउन अझ लम्बिने संकेत मिलेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् । 

अमेरिकी सटडाउनका कारण ८ लाख अमेरिकी संघीय कर्मचारीले २२ डिसेम्बरदेखि तलब तथा अन्य भत्ता पाएका छैनन् ।
 






  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार ०:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया