केन र सन चम्किदा रेन्जर्समाथि टोटेनहमको रोमाञ्चक जित

प्रि–सिजन मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब टोटेनहम विजय भएको छ । गएरातिको खेलमा ऊ स्कटिस क्लब रेन्जर्समाथि २–१ गोल अन्तरले विजयी भएको हो  

आइब्रोक्स स्टेडियममा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा रेन्जर्स स्तब्ध बन्न पुग्यो । खेलको २४ औं मिनेटमा एन्टोनियो कोलकले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन ।

५० औं मिनेटमा ह्यारी केनले टोटेनहमलाई १–१ को बराबरीमा ल्याए । ५६ औं मिनेटमा केनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्यो ।

दुवै गोलका लागि सन ह्युङ मिनले अवसर सिर्जना गरेका थिए । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ७:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया