धनगढीमा फेरि बढ्दैछ साहित्यिक गतिविधि

कोरोना महामारीदेखि ठप्प प्रायः धनगढीको साहित्यिक वृत्त पुनः जुरमुराएको छ । शनिबार धनगढीमा यहाँका सक्रिय स्रष्टाहरूको भेलाले साहित्यिक गतिविधिलाई पुनः चलायमान बनाउने निर्णय गरेको हो ।

सृजनशील मञ्च, सुदूरपश्चिमको संयोजनमा धनगढीमा यस क्षेत्रका चार दर्जन बढी स्रष्टाहरू तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको सहभागितामा साहित्यिक पुनर्जागरण कार्यक्रम सञ्चालन भएको हो । कोरोना महामारीदेखि ठप्प रहेको धनगढीको साहित्यिक माहोल तथा यस क्षेत्रका स्रष्टाको पुनः जागरणका लागि ‘स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम’ आयोजना गरिएको थियोे । कार्यक्रममा रचना वाचनका साथै आगामी कार्ययोजनाबारे छलफल भएको छ । 

कोरोना महामारी अघिसम्म धनगढीमा नियमित रूपमा टिकटमा साहित्यिक कार्यक्रम ‘धनगढी सिर्जना उत्सव’ तथा ‘नियमित रचना वाचन शृंखला’ सञ्चालन हुँदै आएकोमा कोरोना महामारीका कारण यी कार्यक्रम स्थगित भएका थिए । अब ती कार्यक्रम पुनः नियमित रूपमा अघि बढाइने सृजनशील मञ्चले जनाएको छ । त्यसबाहेक प्रशिक्षण, प्रकाशन, अन्तरक्रियालगायत कार्यक्रम पनि अघि बढाइने छ । 

लामो समय धनगढीमा खुला प्रकृतिका साहित्यिक कार्यक्रम नभएको कारण सर्जकले आफ्ना सृजना सार्वजनिक गर्ने अवसर नपाएकोमा अब सबैले उचित मञ्च पाउनेमा आशावादी तथा उत्साहित रहेको सहभागी स्रष्टाहरूले प्रतिक्रिया दिएका छन् । यस क्षेत्रका स्रष्टाको सबलीकरण तथा सृजनात्मक विकास आफ्नो मूल लक्ष रहेको कुरा संस्थाका अध्यक्ष जनक रसिकले बताए । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार, प्रदेश युवा परिषदका कार्यकारी सदस्य शेर सिंह विष्ट, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टलगायतले स्रष्टाहरूको यो अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  



कार्यक्रममा साहित्यकार हिरा भट्ट, गणेश नेपाली, श्रीजन श्री, तुलशी शर्मा, तारा पल्लवी, तोयनाथ भट्ट, लोकविक्रम मल्ल, रमेश ओझा सानु, रियल एनलाइसिस, सानु देवकोटा, सत्यराज जोशी, अमर खड्का, धर्मराज जोशी, रोहित भट्ट, तपेन्द्र घोडाशैनी, दानबहादुर सुनार, शेर सिंह विष्ट, तेज पुरुष, थकित नायक, अबि प्यारे, निर्दोष एन पि, चेतराज जोशी, इन्दु धामी, कुश्मा भट्ट, सिद्ध समर्पण, किरन विश्वकर्मा, गोविन्द अवस्थी, समीर ओझा, जगन्नाथ अवस्थी, विजयराज भट्ट, प्रेम विवश चन्द, भरत साउँद हरामी, जनक धामी, गिरिजाप्रसाद पनेरू, शैलेश रावत, चित्रराज ओझा, टेक राज कापडी, यज्ञराज कापडी, सन्ध्या जोशीलगायत  सर्जकले आ–आफ्ना रचना वाचन गरेका थिए ।



कार्यक्रमको सहजीकरण सृजनशील मञ्चका सचिव डिल्लीराज ओझा समर्पणले गरेका थिए ।

  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ८:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया