राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । उनी शनिबार कतार एयरवेजको विमानबाट दोहा हुँदै बेलायत गएका हुन् ।
करिब दुई साता बेलायत रहने थापाको यो नीजि भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरूसँग भेटघाट हुनसक्ने बताइएको छ । भ्रमणमा थापासङ्ग उनकी श्रीमती प्रलिता थापा पनि बेलायत गएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।