युक्रेनी अन्न प्रशोधन केन्द्रमा रुसी हमला, अमेरिकाले भन्यो– अनाज निर्यात हुनेमा आशंका बढ्यो

अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रुसी मिसाइल आक्रमणको निन्दा गर्दै अनाज निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिवद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ ।

‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ । विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज गरेको छ’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

रुसले ओडेसा बन्दरगाहमा रकेट प्रहार गरेको युक्रेनी सैन्य प्रवक्ता युरी इग्नाटले बताएका थिए । युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए ।

यो सम्झौतासँगै  युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको थियो । सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए । 
 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ९:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया