कोरोनाबाट थप २ जनाको मृत्यु, थपिए ३४७ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८८ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यो अवधिमा २ हजार ३६० नमुनाको पिसिआर गर्दा ३०३ र १ हजार ५२८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको छ ।

आज कोरोना संक्रमणका कारण २ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार नाघेको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर सक्रिय संक्रमितको ३ हजार १७७ पुगेको छ ।

त्यस्तै यो अवधिमा ९५ जना निको भएका छन् । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १६:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया