सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् । 

सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै गौतमले सम्बन्धित देशको नागरिकता त्याग्न प्रक्रिया थालेको वा त्यागेको प्रमाण पेस गरेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए । 

उक्त विधेयक नागरिकता पाउन नसकेका नागरिकका लागि आवश्यक रहेको भन्दै उनले विश्वभर कोही पनि अनागरिक भएर बस्ने अवस्था रहनु नहुने बताए । 

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयकले विवाह गरी आएकी विदेशी महिलालाई तुरुन्तै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । साथै, गैरआवासीय नेपालीलाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि गर्न पाउने गरी नागरिकता पाउने व्यवस्था पनि सो विधेयकमा व्यवस्था गरिएको छ ।  
 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १३:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया