प्रदेशसभा बैठकमा सांसद याम्फुले  गाए ‘मुन्धुम’, चर्चाको लागि ‘स्टन्टबाजी’ मा उत्रिँदै सांसद

पछिल्लो समय प्रदेश १ को प्रदेशसभा बैठकमा चर्चा कमाउनका लागि सांसदहरू ‘स्टन्टबाजी’ मा उत्रन थालेका छन् । सस्तो लोकप्रियता र सञ्चारमाध्यममा चर्चा कमाउन कै लागि प्रदेशसभाको बैठकमा सांसदहरू ‘स्टन्टबाजी’ मा उत्रन थालेका हुन् । 

सोमबार पनि प्रदेशसभा बैठकमा फरक दृश्य देखियो । प्रदेश १ को प्रदेशसभा बैठकमा एक सांसदले किराँतीहरूको ‘मुन्धुम’ गाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसद पूर्ण प्रसाद राई (याम्फु) ले ‘मुन्धुम’ गाएका हुन् । 

प्रदेशसभा बैठकको शून्य समयमा समय लिएर सांसद याम्फुले ‘मुन्धुम’ गाएका थिए । ‘मुन्धुम’ गाएर ऐतिहासिक तथ्यका आधारमा प्रदेशको नाम किराँत प्रदेश राखिनु पर्ने बताउन लागेका उनले सभामुखले दिएको समय ‘मुन्धुम’ गाउनै खर्किएपछि आफ्ना कुरा राख्न पाएनन् । 

‘६ दाजुभाइ किराँतीहरू बराह क्षेत्र वारपार बसे र तीन दाजुभाइ पूर्व तराईतिर लागे । अरू तीनलाई उभो हुँदै खोला किनारतिर लागे ।’ मुन्धुम गाइसकेर यति भनेका सांसद याम्फु समय सकिएपछि धन्यवाद भनेर बिदा भए । 

यस्तै आइतबारको बैठकमा एमाले सांसद सर्वध्वज सांवाले ‘गुहार’ मागेको पनि चर्चाको विषय बन्यो । उनले प्रदेश नामकरणको विषयमा आफूहरू पार्टी र जनताको दोहोरो घेराबन्दीमा परेको गुनासो गर्दै बैठकमा गुहार मागेका थिए । ‘हामीलाई बलिको बोका बनाउन खोजियो । ‘गुहार’, ‘गुहार’, ‘गुहार’ । हामी खतरामा छौँ, हामीलाई बचाउनुस् ।’ उनले बैठकमा भनेका थिए । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १४:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया