छक्कापञ्जा ४ को छायांकन सुरु

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ । सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो । 

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीसँगको कुराकानीमा कलाकार गिरीले फिल्ममा सहरको कथावस्तु रहेको बताए । 

त्यस्तै, कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए । आजभन्दा दुई महिनाअघि नै सुरु गर्नुपर्ने भए पनि कथावस्तु सक्न गाह्रो भएको उनको भनाइ छ । 

त्यस्तै, कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभई समय–समयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताए । 

गिरीले पनि जितुसँग आफ्नो कुनै दुस्मनी नरहेको  र एक–अर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए ।

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौलालगायतको अभिनय रहनेछ ।
 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १८:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया